Saturday, September 28, 2013

लुटिएको शान्ति



शान्त अनुहार, लामा कान, निच्छल दयालु आँखा, गेरुवा वस्त्र , केश माथि लगेर जुरो बनाको, एक मनुश्याकृति पटक पटक आफ्नो ध्यान भङ हुनुको कारण बुझ्न विश्व भ्रमणमा निस्के .

घुम्दा घुम्दै कहाँ पुगे टुङो भएन ठाउँ चिनेको झै पनि लागेन कुनै नौलो ठाउँमा आइएछ,  यिनी रोमान्चित भए । चारैतिर हरियाली, नदी-नाला पनि प्रशस्तै भएको कति आनन्ददायी स्थान ! कति धेरै भिक्षुणीहरु यताउता गरिरहेका .. सबै काला काला तर हिस्सी परेका होइन रै’छ । नियालेर हेरे,  देखे - दरिद्रता, गरीबी, छट्पटाहट द्वन्द्व   आम्मै यहाँ मान्छेको आत्मा सम्मान बेचेर खाने रै’छन् मनुवाहरुले नै .. उफ !’
  यहाँ बस्न नसक्ने रैछु ।‘
 
ठुला-ठुला गगनचुम्बी भवनहरु ..  जङल मान्छेको बस्तीले भरीसकेको भन्ने सुने’थे ध्यानमा  बस्दा एकदिन, यो त्यही स्थान हुनु पर्छ उनले सोचे ओहो, मपछि त विज्ञानले यत्रो प्रगति गरिसकेछ लौ ठिकै भो - ध्यान बाट उठेर आएको नि राम्रै भो ।“
एउटा मन्द मुस्कान छायो उनको मुखार्विन्दमा ध्यान नगरेको धेरै भो भनी ध्यान गर्नतिर लागे। तर सकेनन्, साह्रै असहज भयो उनलाई अचानक केही कुरोको गन्ध !
ओहो बारुद… विकिरण .. भयावह रोग बोकेर यान्त्रिक मनुवा दैडिरहेछ कता ? के उद्देश्य ? उफ

यो संसार किन यस्तो भयो ? अति हतास भए उनी एकाएक सम्झे - ज्ञान प्राप्त भएको स्थान । उतै तिर लागे। यहाँ पनि विज्ञानले राम्रोसँग आफ्नो प्रभाव पारेको रै’छ। उन्नतीको लागि समय अनुसार चल्नु पर्छ सबै चिजको सदुपयोग गर्दै गम्दैथिए, एकाएक भग्दड्  मच्चियो । चारैतिर  कहालीलाग्दो आवाजको कोलाहल ... धोती पाइजामा लगाएका तथा टोपी लगाएका मनुवाहरु पो एक- आपासमा  भिड्डै  रहेछन\   यत्रतत्र रगतका टाटाहरु… चीजबीजहरु जलाइेका .. बच्चाहरुको बिचल्लीउफ प्रशासन चुप्चाप! देशका प्रमुखहरुको स्वार्थले नै पो ! “छि ! यस्तो भैसकेछ मैले ज्ञान प्राप्त गरेको धर्ती !”
हातमा तरवार बोकेको अर्कोतिर तेर्साउन गैरहेको मनुवारुपी आकृतिलाई रोकेर सोधे – “हे मनुश्य तिमीहरु किन यसरी लडिरहेको एक -आपस मै ? बिर्सिएउ? - यो धर्ती त्यही हो जहाँबाट शान्तिको  प्रादुर्भाव भएको थियो   मैले  यही धर्तीमा ज्ञान प्राप्त गरेको थिए " त्यो कालरुपी मनुवा बेसरी अनौठोसँग हास्यो । “ हे बुद्ध, त्यो तिम्रो जमाना थियो, यो हाम्रो युग हो। तिमी पनि गैहाल ध्यानमा, नत्र यही बचेँखूचेको पनि रहने छैनौ "
यो शान्त आकृति भित्रदेखी हल्लियो, झै - झगडा मा रहन नसक्ने यो व्यक्तित्व दिक्दार हुँदै   त्यहाबाट निस्कियो .
अमिलो, अत्यन्त विचलित मन अब कहाँ जाउ ? सम्झे - आफ्नो  मात्रुभूमी यो विचारले  नौलो संचार गरायो उनको  शरीरमा एक किसिमको आनन्दको अनुभूती भयो . छट्पटाउन थाले आफ्नो  मात्रुभुमीको काखमा  लुटुपुटिन हतार - हतार लम्के एक किसिमको स्वदेशको सुगन्धले तान्यो

यि दुई देशको सिमामा के पुगेथे मानिसहरुले चिनीहाले उन्लाई ओहो बुद्ध बुद्ध’ भन्दै एक हुल मानिसहरु  आइलागे । यो शान्त आकृति पनि अब भावबिह्वल भयो त्यतिकैमा अर्कोतिरबाट अर्को हुल जमात आएरये  हमारे है” भन्दै  उन्लाई तान्न लाग्यो क्षणिक खुशीका पल छरिये एक्छिन सम्म के भैरहेको यिनलाई बुझ्न गाह्रो भयो यो तानातान मै उनको केश फुक्यो .. वश्त्र अस्त व्यस्त भयो..  उनी क्षत् विक्षत भए .. शान्ति लुटियो  ..  निवस्त्र भयो यो आकृतिलाई अत्यन्तै लज्जाबोध भयो ..मेरो मातृभूमी, मेरो ज्ञानभुमीमै निवस्त्र भये ।। मैले बुद्धत्व किन प्राप्त गरे ? … धिक्कार मलाई !”
At World Peace Day, 23 September 2013

Friday, March 9, 2012

मेरो अस्तित्व छ

छ रे,
मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी म तोलमोल गरिन्छु
म नजरको गिद्दे दृष्टिबाट पल पल आरपार गरिन्छु
म रङरुपको मापदन्डमा
शरीरको अङ अङ को गोलाई अनि लम्बाईमा
म मेरो बैशको आधारमा
मोलभाउ गरिन्छु
त्यसैले मेरो अस्तित्व छ?

च्यउसेदेखि भुस्तिघ्रे गिद्धहरु
मेरोलागि घम्सा घम्सिमा उद्धत रहन्छन्
हाड मासु घोटी
लालाबालाको आसु, भविश्य अनि जिम्मेबारीलाई लात हान्दै
आफ्नाका विश्वास, समर्पणको चिहानमाथि
लज्जाहीन मुल्यहीन खोक्रो शरीर घिसार्दै
पत्र पत्रमा च्यात्न, चुस्न अनि निचोर्न
आउछन् थुप्रै अनुहारहरु यिच्छ गर्दै मेरा सामु
त्यसैले मेरो अस्तित्व छ?

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी म घर सिगार्ने वस्तु हुँ
ईँट पत्थरको घरमा बस्नेहरुको लागि
म सजावटको सामान हुँ
लाजको भारी छ जसको काँधमा
सबैको इज्जत धान्ने डाली हुँ
चाहेको बेला उपस्थित हुनैपर्ने
पत्नि नामक प्राणी हुँ
त्यसैले मेरो अस्तित्व छ?

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी सबैले मलाईनै खोजी खोजी आरोप लगाउँदैछन्
चोक्टा चोक्टा लुछी
अपमानजनक शब्दको हार बोकी
घाउमा नुन चुक दल्दैछन्
'बोक्सी' शब्दले विभुषित गर्दैछन्
अखाद्द्य बस्तुबाट टन्न अघाउँदैछु म
पिल्साइसकेपछि पनि चित्त नबुझी
खोक्रो यो मंसपेशिय ढाँचालाई जलाउँदै
कहिले दाईजो, कहिले रङ रुप अनि कहिले बोक्सीको नाममा
टुक्रा टुक्रामा मृत्यु खेपेकोलाई फेरी मार्दैछन्
किनकी मेरो अस्तित्व छ?
खै कहाँ छ मेरो अस्तित्व?

भो, बन्द गर,
त्यो परिभाषित 'अस्तित्व' मलाई मान्य छैन
खोक्रो शब्दजालको पूजारी चाहिदैन
घृणा छ मलाई
ढुङ्गाको देवीसँग तुलना नगर
जिउदै मर्ने मेरो चाह होइन
तिमीभित्र लुकेको, तिमीभित्र बेरिएको पनि म होइन
तिमी बाहिरको अलग्गै
आकाशकी धर्तिकी एक अंश हुँ म
जहाँ प्रेम, शहिष्णुता, सद्भाव छ
हो, यो 'म' भित्र थुप्रै कुराहरु समाहित हुनसक्छन् सागर झैं
जो आँफैमा चलायमान छ
सम्पूर्ण छ, अनि अरुलाई सम्पूर्णता दिन सक्छ
खबरदार! होशियार!
जसले सुनामी पनि ल्याउन सक्छ
नलत्याऊ, अनि नविथोल यसलाई
बुझ, अनि अन्तर्मनमा मनन गर
मेरो प्रतिकारलाई सम्मान गर
म तिमी जस्तै 'म' हुँ
'स्त्री, 'महिला' वा 'नारी' जे भन
सृस्टी सम्हाल्ने मानुषी
जसको बेगर कुनै मानवको अस्तित्व छैन
हो, एउटा मौलिक परिचयकी प्राणी
मलाई यसरी चिन र सम्झ, अनि सम्मान गर्न सिक
किनकी मेरो छुट्टै पहिचान छ
नकार्न सक्छौ भने नकार
तर पहिला आफ्नो अस्तित्वको व्याख्या गर ।


March 9, 2009 at 6:42pm
Kathmandu

Friday, November 12, 2010

त्यो आँखाको चमक

सोमबारको दिन काठमाण्डौका गल्ली सडकहरु झरिले रुझेका थिए कैयौ महिनाको पर्खाईपछि परेको पानी प्रचन्ड गर्मीबाट धेरै राहत भएको अनुभूति झरि बाट जोगिदै.. हिड्ने बाटो खोज्दै एकसुरमा लम्कदै थिएँ।काठमाण्डौंको एउटा विद्ध्यालय बाट फर्कदैगर्दा को कुरो हो त्यहाँका किशोर -किशोरीहरुका व्यक्त -अव्यक्तसमस्याहरुमा मन रुम्ल्लिदैं थियो महाराजगन्जको चोकमा मलाई कुनै स्थानिय चारपाङ्रेमा चड्नु थियो - कार्यालय जानको लागि। अलि अगाडि एउटा बस लागेको देखे त्यहाँ बस्ने सिट भएको नमानेर पछिल्तिरकोमाइक्रो बसमा चड्ने निधो गरे यताउती पल्याक्पुल्लुक हेरें त्यो पनि टन्न भा'को जस्तो लाग्यो अब अर्कोविकल्पको खोजिमा मेरा आँखा भौतारिए तर धेरै बेर दुख पाउनु परेन आजभोलि जताततै माइक्रो 'कोकारणले जस्ता धेरैलाई बढी सजिलो भा'
एउटा हँसिलो ठिटो ' बालाजु .. कलंकी ... कलंकी' भन्दै कराई कराई मानिसरुलाई आफुतिर आकर्शित गर्ने प्रयासगर्दै थियो। लगभग २२-२५ को ठिटो सुकिलो रातो टि-शर्ट घुडासम्मको हाफ पाइन्टमा कराउँदै थियो
मैले यसो माइक्रोभित्र सिट भा'को नभा'को भनेर चिहाएँ भा'जस्तो मानेर अलि नजिक पुगे त्यही बेलामामाइक्रोको त्यो हँसिलो केटो मलाई हेरेर हाँस्यो त्यो मुस्कान साधारण नै ठानेर पनि हाँसु कि नहाँसु किभनेजस्तो गरी हाँस्न पुगे तर त्यो हाँसोले मलाई अनौठो अनुभव गरायो किन किन त्यो आत्मिय लाग्यो लाग्यो यो मुस्कान मैले कतै देखेकी छु। कता, स्मरण भएन छाता बन्द गरी माइक्रोको छेवैको उल्टोतिर् फर्केकोसिटमा बस्न पुगे-नजिकै ओर्लने हो भन्दै त्यो केटोले अरुहरु मानिस आफ्नो माइक्रोमा तान्ने क्रम मै आफुलाईव्यस्त राख्यो
"एक्स्क्युज् मी, अलिकति पर सरिदिनुस्न दाइ"
यो स्वरले मेरो ध्यान तान्यो मेरा आँखा त्यतैतिर फर्किए देखे -त्यो माइक्रोको उही सह-चालक पो रहेछ।माइक्रोभित्र चिहायेर सिटमा बसेको मान्छेलाई अलि पर सर्नु भनेर अनुरोध गर्दै थियो। उसको यो लवज अँङ्रेजीजानेको मान्छेको जस्तो थियो। छक्क परी उसलाई हेर्न पुगे। माइक्रोको केटोले यसरी अँङ्रेजीमा यति राम्रोउच्चारणले बोलेको सुनेको मैले पहिलो पटक थियो उसको बोली सुन्ने बित्तिकै उसको आँखासँग मेरा आँखा जुध्नपुगे। मुसुक्क हाँस्यो; पनि उसको हाँसोको प्रतिउत्तर नहाँसी रहन सकिन; पनि हाँसे।


मलाई त्यो अनुहार, त्यो हाँसो चिरपरिचित लाग्यो। सम्झिने प्रयत्न गरे... तर सकिन धेरै बल पनि गरिन माइक्रोभित्र अलिक मानिसहरु भए भन्ने कुरामा आश्वस्त भए जस्तो देखियो केटोले ढोका बजारेपछि चालकलेगाडी कुदायो। केटो पनि गाडिभित्र खुम्चियो ... ठ्याक्कै मेरो अगाडी आफ्नै धुनमा के के कुरामा अल्झदै थिएँ म।बेला बेलामा लाग्थ्यो - त्यो केटोले मलाई नै हेरिरहेको छ। अनि अलि असहज लग्यो। अनि सोधे आफैलाई - "यो केटोलाई चिन्छु ?" तर स्पस्ट जवाफ पाइन बाहिर सिमसिम पानी परि नै रहेको थियो चारैतिर हरियालीथियो। गाडी रिङ्रोडमा हुइँकिदै थियो।
त्यसै क्रममा फेरि आँखा जुधे। यस पटक उसले सोध्यो नै " मलाइ चिन्नु भएन ?"
अब सोच्न वाध्य भये, 'को हो यो? '
भने, 'त्यही सोच्दै छु, ठम्याउन सकिन'
'हो ? चिन्नु भएन ?'
मैले फेरि प्रश्नवाचक अनुहारले हेरे।
उसले सम्झिने मुद्रामा भन्यो '.... रेग्मी.. होइन ?'
मैले हो भनि टाउको हल्लाए . ... अनि अचम्भित् पनि भएँ।
"हामीलाई लगभग पुरै एकदिन तालिम दिनु भा'को होइन तपाईले ?" उसले फेरि थप्यो।
झन् अचम्भित् भएँ, '.. मैले हँ... तालिम मा....'
अब भने मैले सम्झि नै पर्यो। बल लगाए सम्झिन। तालिम धेरैलाई दिइयो, सबैलाई नसम्झे पनि अनुहारचिनेको जस्तो लाग्छ यसो यदाकदा भेट हुँदा। " को हो यो ?" मेरो मस्तिकलाई अझै जोड् दिनु पर्ने भयो।
"साँचै चिन्नु भएन", अलि निराश भएर भन्यो अब मलाई पनि आफ्नो यो मानिसहरुलाई बिर्सने बानीदेखि साचीनै रिस उठ्यो

"सम्झिनुस् दिदी .... तृपुरेस्वर मा ...."
अब झन अन्योलमा पो पार्यो केटोले तृपुरेस्वर मा? कुन चाँही तालिममा मैले यो केटोलाई भेटे हुँला ? रणभुल्ल परे
टेम्पो- माइक्रोका ठिटाहरुलाई तालिम दिनुपर्ने कुरामा सोच बना'का थियौ तर त्यो योजनामा मात्रै सिमितभाको छ। हैन यो मान्छे कहाँ कुन चाहीं तालिममा पुग्यो .. अब मैले जान्नु नै पर्ने भो।
"खै कता पो हो !"
"भद्र", सुस्त स्वर् निस्कियो उसको मुखबाट
मैले दोहोर्याए "भद्र" ... यो 'भद्र' भन्ने को हो फेरि ! कुनै सीप लगेन सम्झिदै सम्झिन
हाम्रो यति कुरा हुन्जेल सम्ममा सबै जना उत्सुक भयिसकेको पाएँ मैले।
अब चाहीं साँच्चै गार्हो भो मलाई पनि बेसरी कसरत गरे; सम्झिन।
" वकिल सरहरुसँग आउनु भा'को होइन ? कस्तो नाम बिर्से सरहरुको..." उसले सायद अन्तिम पटक मलाईसम्झाउने प्रयत्न गर्यो
उसको यो प्रयास निरर्थक भएन
" ..अँ.... चिने..", लगभग चिच्याएँ मेरो स्वर यति ठुलो भएछ कि सबैले मलाई नै हेरिरहेको पाएँ
'वकिल ' भन्ने बित्तिकै मेरो दिमाग 'क्लिक्क्' गर्यो। बल्ल सम्झे। कुनै बालकले उसलाई मन परेको चिज पाएरखुशी भा'जस्तै भएँ
"धेरै महिना भयो नि हगि" मैले भने, " धेरै मान्छेसँग एकैचोटि भेट्दा सबैलाई झ्वाट्ट सम्झिन अलि गार्हो हुन्छ; तर अनुहारले चिनिन्छ", मैले आफ्नो सफाइ दिँदै भने
"त्यो हो नि" उसले कुरो बुझ्यो।

सम्झे - करीब महिना अघि एउटा बन्दीगृहमा छुट्न लागेका बन्दिहरुसँगको कार्यक्रममा मलाई बोलाइएकोथियो- उनीहरुको भोलिको अन्योलपुर्ण दिनहरुसँग सम्बन्धित मनोवैज्ञानिक विषयमा कुरा गरेकी थिए थुप्रैकथाहरु माझ उसको कथा यही हो भन्ने सम्झन सकिन; साँच्चै भन्नु पर्दा अवश्यकता पनि देखिन।


मैले चिनेको देखेर औधि खुशी भयो।
"दुइ महिना भो काठमाण्डौ 'को.. केही गर्नै पर्यो।।"
उसले अफ्नो बारेमा आफै कुरो खोल्यो।
"हो त। धेरै राम्रो.. काम सानो ठुलो हुँदैन।" मैले आफ्नो बुज्रुकाइ झार्न पुगे.. आखिर पढाउने बानी पर्यो ! यो बानीजसरी नि जहाँ नि आइहाल्ने रहेछ।
'त्यो दिन बिर्सन सकिदैन - दिदिसँग गरेक कुराहरु.........."

भन्दै गयो। उसको आँखामा एउटा अनौठो चमक थियो। शायद त्यो बन्द कोठा बाहिरको चमक .. बाहिरी सन्सारहेर्न सकेको चमक..... आफ्नो परिवारसँग रहनुको चमक....
मलाइ देख्ने बित्तिकै उसको हासो शायद भन्दै थियो "... बाहिर आए .. ममा फेरि जिउने चाह पलाएको आज .. अब भरपुर जिउने छु.."
मलाई नै औधी खुशी लाग्यो उसलाई देखेर। केही बोल्न सकिन अनायासै मुखबाट निस्कियो, " खुशी लाग्यो .... तिमीलाई देखेर धेरै खुशी लाग्यो" मुस्सुक्क हाँस्यो .. त्यो मुस्कानमा गर्व थियो खुशी थियो

मेरो ओर्लने बेला भइसकेको थियो
' है ' भनेर ओर्ले उसलाइ धेरै कुरा अरु भन्न मन लागेको भान भयो पनि माइक्रोबाट ओर्लियो कता होभनेर सोध्यो मैले हातको ईशाराले बाटो देखाए 'हस् ' भन्दै सलामको मुद्रामा हात उठायो दाँया बाँया हेर्दै बाटोकाटे पल्लो पट्टी गएर हेर्दा त्यो माइक्रो पर पुगिसकेको रहेछ तर पनि मेरा आँखा अगाडी उसको त्यो मुस्कानआइनैरह्यो मलाई पनि एक अनौठो सन्तोषको अनुभूति भयो
मनमा आइरह्यो - त्यो आँखाको चमक रहिनैरहोस् -फेरि उही कोठरीमा यो चमक नभिभोस्....त्यो मुस्काननहराओस्

Tuesday, August 31, 2010

मूल्य कति ????

लास सासमा
अड्केको
सिन्दूर
रातो चुरा
रङी-बिरङी टीका पोते
मूल्य कति ????
एक मुठ्ठी सास
त्यसमा अल्झेको एक आस !

भुन्टेको अनुहारको हाँसो
बुढी आमाको भरिएको काख
बाको आसु पुछ्ने हात
घोप्टिएको थाल
व्यंग्र बनी पर्खेको सिरानी
टुलुटुलु जीर्ण हेरिरहेको छानो
आँगनको बुढो रुख
फेरी पालुवा पलाउने आस
मूल्य कति ????
एक मुठ्ठी सास
त्यसमा अल्झेको एक आस!

सुषुप्त आर्तनाद
कहालीलाग्दो दिन
मक्किएका रहर,
अनि रित्तिएको मन
रंगबिहीन यथार्थ
शुन्य जीविषाको अन्त्य ??
मूल्य कति ????
एक मुठ्ठी सास
त्यसमा अल्झेको एक आस !

आस,
केवल एक सासको आस
एक अनिश्चित पर्खाइ
एक भावरहित अनुभव
एक अस्पष्ट आस
त्यसैमा अल्झेको एक सास !!!!


३० अगस्त - बेपत्ता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको साझ ती सबै १३४० परिवारको सम्झनामा!

Thursday, August 26, 2010

पसिनाको मुल्य


अगस्तको अठार तारिखको दिन। दिउसोको साढे एक बजे को फ्लाईट। काठमाडौंबाट जानु थियो सौराहा भरतपूर काठमाडौंबाट सौराहा कति टाढा पर्छ - ठ्याक्कै थाहा थिएन। उताको साथीलाई धेरै फोन सम्पर्क गर्न खोज्दा पनि संचार राम्रोसंग हुन नसकेकोमा अलिक चिन्तित थिएँ । अलिक चिन्तित हुनु पर्ने करण चाँही त्यो बन्द को दिन थियो । यो वर्ष जता हिंडे पनि खाली बन्द कै बेला परेको छ। एयरपोर्टबाट फेरी फोन सम्पर्क गर्न प्रयाश गरे, यसपाली त भयो, तर राम्रोसंग सुनिन त के पाइन्थ्यो र! अलिअलि बुझियो अनि धेरै "(फिल इन् द ग्याप्स् )" गरेर भन्नुपर्‍यो । केवल यति बुझे - 'त्यति टाढा छैन। एयरपोर्टबाट सौराहासम्म रिक्शा या टाँगा पाइन्छ " । रिक्शा या टाँगा पाइन्छ भनेर अलि ढुक्क थिएँ . सोचें - आधा घण्टाभित्र त पुगिने ठाउँ होला । (हा हा हा मेरो अनुमान ! मेरो भूगोलप्रतिको ज्ञान कति कच्चा छ ) ।
'उडान नम्बर १०४ बाट भरतपूर यात्रा गर्नुहुने महानुभावहरु कृपया जहाजतिर जानुहोला' भन्ने उदघोषण सुनियो. नाडीको हातको घडी हेरेँ - एक बजेर दस मिनेट गएको रैछ। एक कप कफी त भ्याइन्छ भनेर कफी लिए . कफीको चुस्कीसंगै फेरी मन मौसमतिर पुग्यो. मौसम ठीक थिएन, आकाश माथि त अँध्यारै देखियो . आज हल्लाउने भयो माथि भनेर अलि मनमा कताकता डर पैदा हुन गयो . उडाउने हो कि होइन भन्ने पिर ले केहीछिन सतायो . आज त पुग्नै परेन थियो, भोलीदेखी त कार्यक्रम नै थियो । यो सोचले चिन्ता अली बडायो । यत्तिकैमा घोषणा भयो प्लेनतिर लम्कनको लागि। लौ उडाउने त भयो है भनेर चिन्ता अलि कम त भयो । हातमा कफी लिदै बसमा चढे । मौसम त्यतिबेलासम्म अलि उज्यालो भएको भान हुन्थ्यो, तर माथि आकाशमा कस्तो छ, के थाहा ! मनमा डर त थियो नै। त्यहाँ एक जोडी व्रिद्ध थियो जो देवघाट आज प्लेनमा सब जना नेपाली भएकोले व्रिद्ध औधी खुसी हुनुहुन्थ्यो। यो कुरा तीन पटक सम्म भन्नुभयो ।
प्लेन भित्र छिर्न बित्तिकै २-३ जनाले भनिहाले - यो त कस्तो ....... माइक्रोको को भन्दा नि झुर । हुन पनि हो, सीट त माइक्रोको भन्दा नि ..... कपडा को सीट। तर छोटो समय बस्दा त्यति असजिलो त भएन है। या फेरी आफ्नो ध्यान आफ्नो डरमा भाएकोले पनि शायद सीटमा ध्यान दिईएन । त्यसपछि त के र ! सबै इन्द्रिय "डर' मा केंद्रित रह्यो । रिल्याक्सेसन का विधिहरु को प्रयोग उच्च्त्तम गति ले हुन थाल्यो । डर नै डर मा बाटो कटियो । आकाश बादल ले
ढाकेको थियो । तल केही देखिदैनथ्यो । लगभग २० मिनेटमा भरतपूर पुगियो। आफ्नो सामान लिदानलिदै रिक्सावाला हरुको जमघट र तछाड मछाड़ हुनथाल्यो । एक जना नजिकैको रिक्सावालालाई सोधे - 'सौराहा जाने हो, कति लिने?' उस्ले उसले भन्यो २०००। म त हक्कन बक्क परेँ । कति धेरै ! त्यति भन्ला भन्ने त सोचेकी थिइन । नजिकै दुईजना भाईहरु थिए, सोधे कति पर्छ सौराहा जान? तिनिहरु अनभिग्य रहेछन् । उल्टो मलाई सोधे कति भन्दैछ ?' अब म त रणभुल्ल परेँ । अब के गरौ सोच्दैथिएँ । एउटा रिक्सावालाले मेरो झोला च्याप्प समात्यो र भन्यो, 'ल हिंड्नोस्' । मलाई झोक चल्यो, भने त्यो झोला यहाँ राख्नुस् अनि भन्नुस् कति लिनुहुन्छ, अनि मात्रै जान्छु। पछि मलाई किच्किच गर्न पाइन्न' ।



Wednesday, August 4, 2010

We are in our control

We have been constantly experiencing with various situations in our daily lives where people loose their self-control. The result becomes the violence, terror and bizarre behaviors. The social norms and values have no existence in these circumstances. It effects the whole social dynamics where no one can aloof from its hazards. And we, in turn, start behaving in the same way and find ourselves shouting, misbehaving, and even displaying physical violence as if by doing so, we can control the situations! But we can not. Instead these activities provoke our near ones to display more violence degrading their self respect. And this cycle goes on and on. Lets give a thought- why this is happening and what can we do? Here, we are thinking erroneously: first, we are encouraging misbehaviors by showing similar behaviour ourselves; and secondly, we are focusing outside of us instead of focusing inside.

We are the best person to whom we have the control according to our age level; no matter how old are we. At times, and certainly for children, it needs to be taught formally or informally to have control on oneself. Whatever we feel, experience and display are the things by which we can analyze our control over ourselves. Our mind is a kind of tool for us that we can use it in any way we want. You may say,’ It can’t be helped; it’s my habit, I have been doing this for a long time’. You are right. The way we use your mind now is our habit. These habits have been formed, and formed by us. And thus, these habits, any habits can be changed if you want to do so. Yes, you can change your habits. To do so, at first be quiet and think for a moment and really think this reality: OUR MIND IS A TOOL THAT WE CAN CHOOSE TO USE IT ANY WAY WE WISH.
Lets remember, if we believe that it is hard to change a habit or a thought, then this thought that we have chosen, becomes true for us. This is because, the thought leads our emotion and behaviour. Instead, if we choose to think, “Its becoming easier for me to make changes”, then the same rule applies here; the choice of this thought of ours becomes true for us. This is very simple!
In other words, everyone has incredible power and intelligence within him/herself that is responding continuously to his/her thoughts and words. We can learn to control our mind by the conscious choice of thoughts, and thus we align ourselves with this power.
Are you still thinking- ‘I can not control my mind' ? Lets think it differently from this moment. The best starting point is to say yourself, ‘ I AM in control of my mind; I CAN stop thinking those old thoughts; and I CAN choose what to think’.
Once you practice this pattern, it becomes a habit. These habits turn you into an efficient person with positive thoughts; a person who has the potentials to cope with in any circumstances in future. The success and happiness, then will kiss you in every step of your life !!


Based on: You Can Heal Your life, by Loise L. Hay

Wednesday, July 21, 2010

म जिन्दगी गुडाइरहेछु

जिन्दगी गुडाइरहेछु
नारायणघाट-काठमांडूको सडक-खण्डहरुमा

अप्रत्यासित कालखण्ड

समय-चक्रको परिधिभित्र
जिन्दगी घुमाइरहेछु

घर

छिनिदो स्वास फ़ुलाइरहेछु

जिन्दगी गुडाइरहेछु !

ओछ्यान मेरो सडक, धुलो-हिलो

सिरानी मेरो सहरबासीका झुम्रा-झाम्रा

त्यागिएका धर्सा ओडीरहेछु

जिन्दगी उडाइरहेछु
जुठानका सिता कुकुरका गास
हवस मेरो भोकको

अनि खैरेको मायाको काख

मेरो बाच्ने आधार
सलबलाएका उसका औलाहरुसंग

मेरा शरीरको अङ्गहरु
उसका प्यास मेटीरहेछु

जिन्दगी तिर्खाइरहेछु

जिन्दगी गुडाइरहेछु !

पुलिसका लात्ती बूटसंगै

आफ्नै गर्जन पिइरहेछु

बिर्सेर सब व्यथा

डल्ली, कान्छीका आँसु पुछिरहेछु
उसका कलिला, सलबलाएका ओठहरुमा

नरम छातीहरुमा जीवन-दर्शन कोरिरहेछु
ति निर्दोष, भिजेका नयनहरुमा

आफुलाई नियालिरहेछु,
आफुलाई खोजिरहेछु !
देश बोकेर हिड्ने भडुवाहरुलाई

चिल्लो गाडीमा सवारहरुलाई

मेरो नाममा खानेहरुलाई

विस्मित नजरले हेरिरहेछु
जिन्दगीको घृणित रुप हेरिरहेछु

जिन्दगी अल्मलाइरहेछु !
जिन्दगी गुडाइरहेछु !

गम, रक्सी ड्रग्सहरुमा

अनि, सडकमा फालिएका निर्जीव तर स्वास घिसारेका मुर्तिहरुसंग
लठ्ठारिदै, लड्दै जिन्दगीका पानाहरु भरिरहेछु

छयाप्प छ्याप छयाप्प ...
विडम्बना ! यो 'रमाइलो' को परिभाषाभित्र

आफुलाई अटाइरहेछु
लाशहरुसंग आफ्ना कैयन रात बिताइरहेछु

आफ्नो कथा भनिरहेछु
जिन्दगी गुडाइरहेछु !!

थाहा ,
कुनै दिन यहि सडकमा लम्पसार हुनेछु

थाहा ,
यो जिन्दगी एकदिन गुड्न छोड्छ

बूट लात्ती एकदिन थाक्छन\
नगरपालिकाको गाडीभित्र अटाउछु

पुलिस, दादा विदेशीहरुको ममा चासो रहदैन

कठ्यांग्रिदो रातमा रगत तताउन

कुकुर मसंग लाडिन आउदैन

त्यो दिनको पर्खाइमा

जिन्दगी गुडाइरहेछु

अक्सिजनले फोक्सो फ़ुलाइरहेछु
गम, रक्सी खैरेको संगतमा जिन्दगी उडाइरहेछु

एच आइ भी के के जातिसंग सिन्गेजोरी खेलिरहेछु

मेरा भनाउदाहरुलाई चुनौती दिदैछु
आफ्नो जिन्दगी अल्झाइरहेछु
........जिन्दगी गुडाइरहेछु !!!!