शान्त अनुहार, लामा कान,
निच्छल दयालु आँखा, गेरुवा
वस्त्र , केश माथि
लगेर जुरो बनाको,
एक मनुश्याकृति पटक
पटक आफ्नो ध्यान भङ हुनुको कारण
बुझ्न विश्व भ्रमणमा निस्के .
घुम्दा घुम्दै कहाँ पुगे
टुङो भएन ।
ठाउँ चिनेको झै
पनि लागेन ।
कुनै नौलो ठाउँमा
आइएछ, यिनी
रोमान्चित भए । चारैतिर
हरियाली, नदी-नाला पनि प्रशस्तै
भएको । कति आनन्ददायी
स्थान ! कति धेरै
भिक्षुणीहरु यताउता गरिरहेका .. सबै काला
काला तर हिस्सी
परेका । ए होइन रै’छ
। नियालेर हेरे, देखे
- दरिद्रता, गरीबी,
छट्पटाहट द्वन्द्व । आम्मै यहाँ त
मान्छेको आत्मा र सम्मान
बेचेर खाने रै’छन्
मनुवाहरुले नै .. उफ !’
‘म यहाँ
बस्न नसक्ने रैछु
।‘
ठुला-ठुला गगनचुम्बी
भवनहरु .. जङल
मान्छेको बस्तीले भरीसकेको भन्ने
सुने’थे ध्यानमा बस्दा
एकदिन, यो त्यही
स्थान हुनु पर्छ
उनले सोचे ।
“ओहो, मपछि त विज्ञानले
यत्रो प्रगति गरिसकेछ ।
लौ ठिकै भो
- ध्यान बाट उठेर
आएको नि राम्रै
भो ।“
एउटा मन्द मुस्कान
छायो उनको मुखार्विन्दमा । ध्यान
नगरेको धेरै भो
भनी ध्यान गर्नतिर
लागे। तर सकेनन्, साह्रै
असहज भयो उनलाई
। अचानक केही कुरोको
गन्ध !
“ओहो बारुद… विकिरण .. भयावह
रोग बोकेर यान्त्रिक
मनुवा दैडिरहेछ कता
? के उद्देश्य ? उफ”
यो संसार किन यस्तो
भयो ? अति हतास
भए उनी ।
एकाएक सम्झे - ज्ञान
प्राप्त भएको स्थान । उतै तिर
लागे। यहाँ पनि
विज्ञानले राम्रोसँग आफ्नो प्रभाव
पारेको रै’छ। उन्नतीको लागि
समय अनुसार त
चल्नु पर्छ सबै
चिजको सदुपयोग गर्दै
। गम्दैथिए, एकाएक
भग्दड् मच्चियो
। चारैतिर कहालीलाग्दो
आवाजको कोलाहल ... धोती पाइजामा
लगाएका तथा टोपी
लगाएका मनुवाहरु पो एक-
आपासमा भिड्डै
रहेछन\
। यत्रतत्र
रगतका टाटाहरु… चीजबीजहरु जलाइेका .. बच्चाहरुको
बिचल्ली … उफ प्रशासन
चुप्चाप! … देशका
प्रमुखहरुको स्वार्थले नै पो
! “छि ! यस्तो भैसकेछ मैले
ज्ञान प्राप्त गरेको
धर्ती !”
हातमा तरवार बोकेको अर्कोतिर तेर्साउन गैरहेको
मनुवारुपी आकृतिलाई रोकेर सोधे – “हे
मनुश्य तिमीहरु किन यसरी
लडिरहेको एक -आपस
मै ? बिर्सिएउ?
- यो धर्ती त्यही
हो जहाँबाट शान्तिको प्रादुर्भाव
भएको थियो ।
मैले यही
धर्तीमा ज्ञान प्राप्त गरेको
थिए । " त्यो
कालरुपी मनुवा बेसरी अनौठोसँग
हास्यो । “ हे
बुद्ध, त्यो तिम्रो
जमाना थियो, यो
हाम्रो युग हो।
तिमी पनि गैहाल
ध्यानमा, नत्र यही बचेँखूचेको
पनि रहने छैनौ
।"
यो शान्त आकृति भित्रदेखी
हल्लियो, झै - झगडा
मा रहन नसक्ने
यो व्यक्तित्व दिक्दार
हुँदै त्यहाबाट निस्कियो .
अमिलो, अत्यन्त विचलित मन
। अब कहाँ
जाउ ? सम्झे - आफ्नो
मात्रुभूमी
। यो विचारले नौलो
संचार गरायो उनको शरीरमा
। एक किसिमको
आनन्दको अनुभूती भयो . छट्पटाउन
थाले आफ्नो मात्रुभुमीको काखमा लुटुपुटिन
। हतार - हतार
लम्के । एक किसिमको
स्वदेशको सुगन्धले तान्यो ।
यि दुई देशको
सिमामा के पुगेथे
मानिसहरुले चिनीहाले उन्लाई ।
‘ओहो बुद्ध बुद्ध’
भन्दै एक हुल
मानिसहरु आइलागे
। यो शान्त आकृति पनि
अब भावबिह्वल भयो
। त्यतिकैमा अर्कोतिरबाट
अर्को हुल जमात
आएर “ये हमारे है” भन्दै उन्लाई
तान्न लाग्यो ।
क्षणिक खुशीका पल छरिये ।
एक्छिन सम्म के
भैरहेको यिनलाई बुझ्न गाह्रो
भयो । यो
तानातान मै उनको केश फुक्यो
.. वश्त्र अस्त व्यस्त
भयो.. उनी
क्षत् विक्षत भए ..
शान्ति लुटियो .. निवस्त्र भयो ।
यो आकृतिलाई अत्यन्तै
लज्जाबोध भयो .. “मेरो मातृभूमी,
मेरो ज्ञानभुमीमै म
निवस्त्र भये ।।
मैले बुद्धत्व किन
प्राप्त गरे ? … धिक्कार छ
मलाई !”
At World Peace Day, 23 September 2013