काठमांडू को 'गल्लिनुमा' सड़क, अनि माइक्रोको हुईक्याई । काठमांडूबासी का आधारभूत आवश्यकता बनेको योमाइक्रोको यात्रा नगर्ने बिरलै काठमांडूबासी होलान माइक्रो सानो-सानो बस जस्तो तर चिंटिंक्क pare ko yo माइक्रोलेजस्तो काठमांडूमा स्थान पाएको धेरै पनि भएको छैन; तर यसले कालो टेम्पो को अस्तित्वै मेटाएर आफ्नो वर्चश्वकायम गर्न सफल भएको छ अब त काठमान्डू का गल्ली-गल्ली, चोक-चोक मा यसैको रजाई छ नेपाल बन्द याछक्क जाम भएको बेला पो थाहा हुन्छ त, यसको असली महत्व
छिटो-छिटो अनि चोक- चोकमा उपलब्ध हुने, अनि जहा चढेपनि पाइने यसको प्रमुख विशेषता मध्ये एक हो ।जाडोको याममा अर्को विशेषता हो - यसभित्र होइन्जेल न्यानो हुन्छ, बाहिर जतिसुकै सिरेठी चलोस् न, भित्रत्यसको असर पटक्कै हुदैन अझ अलि गजबको कुरा गरौ . दुइटा सीटमा तीन जना राख्छ अलिक खाइलाग्दाज्यान हुनेहरुलाई त अम्मामामा ? के भन्नु र खोइ ! माइक्रोमा जहिले नि यात्रा गरिन्छ आमाले अचारको लागिखादेको मुलाको स्मरण हुन्छ । सानो हुदा आमाले मुला कोची - कोची शीशीमा खाद्नु हुन्थ्यो यहाँ मानिसलाई पनिकोची कोची मिलाई मिलाई खाद्छ khaadinchh . जब जब माइक्रो मा बसिन्छ तयही बिचरा खादेको मुलाको यादआउछ |
अनि अर्को महत्वपूर्ण अनुभव हो - यात्रुहरुलाई 'गति' के हो भन्ने कुरो थाहा हुनु । गति (स्पीड) अनि यस्तोसाघुरिएको, खाल्दै- खाल्डोले अलंकृत सडकहरु, गाडीवाहक यात्रु तथा पैदल यात्रुहरुलाई ध्यानमा नदिई बनयिएकबनाइएका सडकहरु, अनि लेन अनुशासन शुन्य भएको गाडीचालकको मानसिकता, त्यसमाथि कसरी अर्कोभन्दाछिटो पुगु भन्ने सोच अझ पछाडीको सिटमा बस्नेहरुलाई त काइदा हुन्छ । काठमान्डूबासी अब कहाँ पाएर पिंगखेलुन र ! यो दुखेसोलाई बुझेको छ हाम्रो माइक्रोले त्यसैले पछाडी बस्नेहरुको बडो स्वाद लियेर 'आधुनिक पिंग ' कोअनुभव गर्न पाउदछन धन्य छ हाम्रो माइक्रो |