ब्लग त खोलियो, एउटा उत्सुकता सहित । तर यो कहाँ र कसरी अगाडी बढ\छ केही थाहा छैन । एउटा नौलो यात्रा को सुरुवात! कुनै पनि नया कुरा गर्दा हुने जस्तो उत्सुकता, जिज्ञासा, व्यग्रता हुन्छ, त्यस्तै अनुभूति भईरहेको छ । यसको स्वरूपबारे पनि केही टुंगो छैन। साचै भन्नु पर्दा यो एउटा प्रयाश हुनेछ -आफुलाई अझै नियाल्ने . आफूभित्रका, आफ्नो वरिपरीका, आफ्नो रुचीका कुराहरुलाई शब्दमा व्यक्त गर्ने एउटा कोशिश हुनेछ । यस अर्थमा यो एउटा आफै भित्रको यात्रा हुनसक्छ - अंतर्मनको यात्रा।.
ब्लग खोल्ने क्रम मै यसो यता उता हेरियो। दिनमा दुइ पटक लेख्दा राम्रो हुने कुरा पनि पढियो । यो त मेरो लागि के सम्भव होला र खोइ ! महिनामा एक पटक लेख्न सके भने पनि ठुलो कुरा... हेर्दै जाउ यो यात्रा कसरी अगाडी बढ\नेछ । :)