A Boy of 15 came to me one day and said he gets angry very easily and wanted to be helped. He was having problem in maintaining his relationship with his peers, family members and with teachers. He said he canot control himself; his anger arises so fast and so prompty that he has been failed to resist. He has been popular as as aggressive person.
He is not a only person who is having such problem. Almost 3 out of 10 people if asked will admit that the anger is ruining their life. The reason might be various; their coping might be different. Lets discuss a little bit about it.
We, human beings have lots of emotions. We may feel happy, sad, jeolous, hurt or anger! As other positive emotions are healthy and okay to feel, its alright to feel this negative emotion- anger. In fact at times we need to feel anger. The only thing is - we need to express it in a right way.
The anger is a very prime emotion. When anything or anybody threatens us that might destroy our essential existence, then the anger is displayed very quickly, easily as a strong defense mechanism. In order words it basically happens in order to cover our weakness, thus in the persuit of gaining control and power on oneself. And the result is what we call agreesive behaviour. When our needs or desires are blocked or obstructed, we feel hurt or irritated. We can say irritation is the milder form of anger. Anger can be understood as - to take revenge on- the causes of the hurt. To make it more elaborate, think of a situation where a person hurts you. You become angry and you want to hurt him back just as you have been hurt by that persson. But this might not be always the case. Sometimes you may express it indirectly. You might express anger to other people who are not in the scence, for example, your family members, your pet or even your househols goods.
The important thing that we should not foget that this emotion is very natural; natural in the sense that this is a social reaction to hurt and insult. Having said this, the natural thing is not always good enogh to remain healthy. The anger if remains in your heart, it eats your heart; it ruins your life as that boy expressed.
What makes you angry?
There are a number of things that are capable of making you angry. When asked to this boy, he said the friends teasing and when others disturb him, and when he thinks the rules are not fair to all. One young woman said when the things are not go in her way, when childre donot understand or obey her and when she becomes frustrated.
So lets have a list of circumstances that make us angry.
The next step will be the learning. Learning a healthy response to your feeling of hurt and indult. Acknowledge that you are hurt. This is a difficult task to do for some people. When you are angry, you are very much involved in your anger that you canot think of other than desire to revenge. You need to show your power in order to defend yourself, defend your pride, defend your importance. Therefore it is very easy for you to hide your inner feeeling of vulnerability and the anger outbrusts. And you never recognize the 'hurt'. This means this feeling 'hurt' remains unrecognized deep inside your heart which will not allow you to gain over your aggressiveness. Fyurther this also causes you the pain in the muscles what in psychological terms called psychosoamtic pains.
To make this short, let me tell you what I used to do with my clients;
Whenver you feel angry, anlyse your anger. you might ask tourself few questions:
To whom/what I was angry ?
What is the reason behind this? Is there hurt or irritation or frustration undelying this anger?
How I displayed this anger? To whom?
What were the consequences ?
After analysing this, if you are having trouble then certainly you come to conclusion that this reaction was not healthy. Now lets rewind the situation. The level of your anger araises as you are not aware of your bosy responses. Since every emotion has certain sensations wihtin the body, just recognize what your body and where it feels. you can simply focus on your body by closing your eyes and scan your body. When the anger you feel try to find out how it starts wihtin your body. Few people say that they feel warmness in thier parietal region in their head, some say it starts from the temper region, still some say they feel muscular tention in their upper limbs.
Once you acknowledge this starting point in your body, then you can do lots of things not to heighten this level. For example you can breath deeply few times, count down, or do some self suggestions or some positive affirmations.
So to make this healthy, you have to learn the right way to respond to anger provoking situation. As mentioned earlier you need to tell people many times that you are angry.
Sunday, December 20, 2009
......... संघर्ष नै जीवन भएछ !
ऐनामा प्रतिबिम्ब कस्को ठम्याउन गाह्रो भएछ
एक्रत्रित अस्तित्व यस्को शून्यमा बिलीन भएछ !
निस्वार्थ प्रेमभावको पनि आज स्वार्थी लाग्ने भएछ
त्यो न्यानो स्पर्श पनि आज अरु कसैको भएछ !
हेराइ त्यो आफ्नै पनि आज कालो श्राप भएछ
आत्मग्लानीको भुमरीमा चुर्लुम्म डुब्ने भएछ !
एक प्रतिबिम्ब निरन्तरको आश लाग्ने भएछ
खै त जीवन ? अनि केको लागि संघर्ष हुनेछ !
ती पल, अनुभूति मिथ्या हुन् कि? शंका लागेछ
भ्रम मै रहू क्षणिक नै, मुटु धड्किन थालेछ !
संघर्ष मै होमिनु अरे, गजब कुरो भएछ
जीवन एक संघर्ष, संघर्ष नै जीवन भएछ !!

Friday, December 11, 2009
मेरो देश
लहलहै खेत
भरीपूर्ण वसंत
प्यारो यो देश ।
चराचुरुन्गी
गाउदी रमाउदै
यो स्वतन्त्रता ।
पहाडी बाटो
लालुपाते ढकमक्क
बेहुली रूप ।
राप्ती किनार
अस्ताउदाको घाम
नया बिहानी ।
भरीपूर्ण वसंत
प्यारो यो देश ।
चराचुरुन्गी
गाउदी रमाउदै
यो स्वतन्त्रता ।
पहाडी बाटो
लालुपाते ढकमक्क
बेहुली रूप ।
राप्ती किनार
अस्ताउदाको घाम
नया बिहानी ।
Tuesday, December 1, 2009
अनवरत यात्रा
'अहो आजको दिन!' मनमा उर्लेर आएको बवन्डरलाई सम्हाल्दै नजिकैको कुर्सीमा थ्याच्च आफूलाई थचारिदिन्छु । लस्त शरीरलाई कुर्सीको ढाँचाले निकै टेवा दिन्छ । रात चकमन्न छ । कहीं केही आवाज सुनिदैन चारैतिर निस्पट्ट सुनसान छ । मौनता व्याप्त छः लाग्छ रातलाई पनि नियास्ह्रो लागेको छ, आफ्नै मौनतामा पिल्सिरहेको छ । पुसको चिसो रातमा पनि पसीनाले निथुक्क भिजेको छ जिउका कपडा । यस्तो भान हुन्छ, यो मौनताले मलाई धेरै कुराहरु अमौखिक रुपमा भनिरहेको छ; पोख्दैछ असहाय निरीह भई । अनौठो छटपटीले डेरा जमाएको छ यो मुटुमा । 'खाना खाने होइन' यो आवाजसँगै झल्यास्स हुन्छ मन अनि वर्तमानमा आउँछ । खान मन छैन भन्ने भावले टाउको आफै हल्लिन पुग्छ । टेबुलमा राखेको एक गिलास पानी तनतन पिउँछु, केही सास आएजस्तो हुन्छ । 'के गर्नु यस्तै रहेछ हाम्रो जिन्दगी', सानी दिदीको आवाज सँगै उनको र मेरो आँखा जुध्न पुग्छ । टिलपिल टिलपिल गर्दैगरेका, भित्र गडेका ती आँखाहरुले धेरै भाव अभिव्यक्त गरीरहेको पाउँछु । उनको त्यो आँखामा म धेरै बेर हेर्नसक्दिन; मेरो आँखामा पनि छाल उम्लेर आउन खोज्छ। छाती र आँखाको बीचमा कता हो कता गाँठो परेको भान हुन्छ । सानी दिदीको नजर चोरेर आँखाका पानी बग्न आतुर हुन्छन् । तर अनुभवी आँखाले भेउ पाइहाल्छ; म असमर्थ हुन्छु । उर्लिन लागेको भेललाई कसरी पो रोक्न सकिन्छ र सानी दिदीको ढाँढसपूर्ण एक स्पर्शले यो भेलले गति पाउँछ र शिवजीको जराबाट निस्केकी गंगा सरह उर्लिदै बहन थाल्छ । यो निस्पटृट अन्धकारलाई चिर्दै यो बन्द कोठाभित्र दुई प्राणीको रोदनले लाग्छ, यतिबेला यो संसार नै थर्किदैछ; प्रलय आउँदैछ । यो चिसो सिरेटो र कोठाका प्रत्येक निर्जिव चीजले यो क्षणलाई अझ मर्माहित र दुखित बनाउन हर सम्भव प्रयत्न गर्दैछन् । बिहान देखिको निस्किन नसकेको गुम्सिएको आँसु अब बग्दैछ । समुद्रमाथि भएकाहरुलाई के थाहा, समुद्र भित्रको हलचल? बाहिरबाट त ऊ शान्त निराकार नै देखिन्छ । त्यसमा कति निरीहपन, असहायपन छटपटी लुकेको छ भन्ने कु्रा त्यसको गहिराइमा जानेलाई मात्र नै त थाहा हुन्छ!
एकाबिहानै टिरिन टिरिनको धुनले दिनचर्या अर्कोतिर धकेलेको थियो । 'दिदी सवितालाई त अस्पताल पो लानुपर्ने जस्तो छ त; हेर्नुस् न अस्ति रातिदेखि आएको जरो अहिलेसम्म पनि आर्लेन' अर्कोतिरबाट आवाज गुन्जियो । हेलो नभन्दै ललाक्लुलुक भईसकेका हातगोडालाई सम्हाल्दै भरिएको गला सफा गर्दै 'ल म आइहाले' भन्दै थपक्क रिसिभर राखेर जुत्तालाई पाइतालाले घिसार्दै हुरतुरिदै होस्टेलतिर हानिएकी थिए । होस्टेल र मेरो घरबीच बीस मिनेटको बाटो पनि मलाई एक जुग जस्तो लागेको थियो । आँखामा सविताको अनुहार मात्र आइरहयो; कानमा एकहोरा 'दिदी म जिउन चाहन्छु, अहिले मेरो उमेर नै कति भएको छ र? मैले संसार हेर्न, रहर गर्न नपाउनु दिदी' भन्ने शब्द गुन्जिरह्यो ।
सविता मात्र १९ औ वसन्त पार गरी २० औमा टेकेकी केटी । मात्र १ वर्ष र चानचुन महिना भएको थियो यो पुनर्स्थापनागृहमा ल्याइएकी । ऊसँग कुरा गर्न कसैको बर्गतले भ्याउदैनथ्यो । ऊ कोहीसँग कुरा गर्दिनथी । अनुहारमा न हाँसो थियो; न आँसु। कस्तो क्षण त्यो जीवनको! कुनै भावना थिएन, शायद कुनै सोच थिएन । न त कुनै उमंग, न रहर । जीवनको यो अवस्थामा उसको लागि कुनै अर्थ थिएन, यस्तो भान हुन्थ्यो उसँग भेट्ने सबैलाई । प्रयास सबै विफल भएका थिए उसलाई पुनः जिवित तुल्याउन । भन्छन्, समय बलवान हुन्छ; यसले ठूला ठूला घाउमा पनि मलम लगाउन सक्छ रे! हो रहेछ । जसै जसै बिस्तारै समयले आफनो काँचुली फेर्दै गयो त्यसरी नै बिस्तारै हाम्री सविता मुस्कुराउन अनि रुन सक्ने भई । लाग्थ्यो शरीरमा अब रक्तसंचार हुदैछ । ओइलाउन लागेको बोटमा झरी पछि पालुवा पलाउँदैछ । यो पुनर्स्थापनागृहभित्र नै मानौ एउटा वसन्त ऋतुको आगमन भएको थियो, लामो अन्तरालपछि । चराचुरुंगीहरु बिस्तारै चिरचिर गर्न जान्दैथिए; पवनले अब पोल्ने नभई शीतलता दिन जान्न थालेको थियो । विभिन्न स्थानबाट विभिन्न परिस्थिति भोगेर आएका कलिला देखि युवासम्मका महिलाहरुको जीवनको भण्डै अन्तिम गन्तव्य बनेको यो गृहमा मानौ अब खुशीले अलिकति मात्र भएपनि आफनो रंग छर्न आइपुगेको भान हुन्थ्यो ।
तर विडम्बना! जस्तो वसन्त ऑएपनि, जस्तो खुशी ल्याए पनि, समय जति नै बलवान भए पनि त्यसले मानिसको पूर्वस्थिति कहाँ फर्काउन सक्ने रहेछ र ? हास्दा हास्दै रुनु पर्ने अवस्था त त्यहाँ छदै थियो र अझै पनि छ । एचआईभी पोजेटिभ भन्ने कुरा त हाम्रा जस्ताको नाम पछाडी त थर जस्तै गरी टाँसिने क्रम त कहाँ टुंगिने रहेछ र ?यो नौलो नामको भुँमरीमा पर्दा आफनो नाम नै समाजका भनाउँदाहरुले बिर्साउँदारहेछन् । नाम जे सुकै होस्, पहिले यो शब्द नै लिइन्छ - 'एचआइभी पोजेटिभ' , बडो सानका साथ भन्छन् नेगेटिभ हुनेहरु । अलिकति पनि मानवता झल्किन्न उनीहरुमा । सासले तिमीहरुको पनि एकदिन त साथ छोड्छ नि! हाम्रो सवालमा अलि छिटो छोड्छ होला त्यति त हो । तर जतिसम्म सास छ आस पनि त रहनु पर्छ । त्यो एक मुठ्ठी सासको लागि सबैसँग लड्नु पर्ने बाध्यता कहिल्यै टुङ्गिएन । एक सर्को सास निस्फिक्रीसँग तान्दाको अनुभवको खाँचो हामीलाई पनि छ । एक खुल्ला आकाशको स्वतन्त्रता हामीलाई पनि चाहिन्छ, हामी पनि मानवीय प्राणी हौ, आफूलाई मानव भन्नेहरु यसको वकालत कसरी गर्छौ?
मलाई आज पनि स्मरण छ; सविताका ती शब्दहरु, ती वेदनाहरु, ती अकथित अनि अव्यक्त भावनाहरु, छातिभित्र दबाएर राखिएका अनुभूतिहरु, हरेक घटनाक्रमसँगै जन्मिएका अनगिन्ती भोगाईहरु । एउटा मानिसले कतिसम्म सहन सक्छ भन्ने कुराको कुनै सीमा नहुदोरहेछ; उसको कथा सुनेर पुनः म मा यो सोच बलवान हुन्छ । पत्थर भन्दा पनि साह्रो बनाउन कसरी परिस्थितिले सिकाउंछ - यो उसको प्रत्यक्ष उदाहरण हो । शायद यो भन्दा राम्रो उदाहरण प्रकृतिले दिन सक्दैन होला । सविता अकसर भन्ने गर्थी 'दिदी मेरो के दोष थियो र संसार के हो भन्ने उमेर नै भएको छैन; म त मरी पो हाल्छु है। दिदी मलाई तपाइहरुलाई छोडेर जाने मन छैन ....। यति छिटै म मर्ने रे मेरो के दोष छ र?।मलाई बचाउनुहोस् दिदी।' यी यस्ता शब्दहरु थिए जसले मलाई आजन्म पछयाइरहनेछन् । म अनुत्तरित छु; उसको यस भनाईप्रति प्रतिकृया दिने मसँग कुनै शब्द छैनन् । मलाई औडाहा हुन्छ । अब त ... खाली सम्झना मात्र शेष छ उसको ।
अस्पताल लाने बेलामा बाटोमा उसले भनेका शब्द मात्र मानसपटलमा घुमिरहेका छन् । 'दिदी म जाने बेला भयो हगि? तर म अहिले जान चाहदिन म यही संसारमा रमाउन चाहन्छु । एकपटक आमाबुबालाई हेर्ने इच्छा थियो । त्यो नपुग्दै म जान लागे। जिन्दगी मेरो र म जस्ताको लागि रहेन छ हगि?' । सबैका नयनहरुमा टिलपिल गरिरहेका तर झर्न नसकेका आसु स्पष्टसँग देखिन्थ्यो । नरम तर ढृढतापूर्ण मेरा हेराइले यी सबैका नयनलाई नियन्त्रित गरिरहेको अनुभव गरेकी थिए । अनि नयनहरु त्यही अनुरुप पालना गर्दैमा व्यस्त भएका थिए । हतासिदै अस्पतालको शैयामा सवितालाई सुताउदाको पल क्षणिक नै भएपनि अलिक हलका भएको अनुभूति भएको थियो । कमसेकम अस्पतालमा त ल्याउन सकियो विशेषज्ञको माझमा । अब प्रार्थना मात्र सम्भव थियो केवल प्रार्थना । मानिस कति निरीह, दयनीय एक्लो हुदोरहेछ, जतिसुकै जहाँ भएपनि उसको नियन्त्रणमा खै के नै पो हुदोरहेछ? कलिलै उमेरमा नारकीय जीवन भोगेर बल्ल बल्ल बाँच्ने हाँस्ने चाह पलाएको थियो । जिउँदै रहेछु भन्ने कुरा उसको मन मस्तिष्कले अनि शरीरले बल्ल त बुझ्दै थियो । तर ...... त्यो एक क्षणको खुशी पनि दैवले सहेन । यो भौतिक संसारमा यति नै रहेछ उसले लेखेर ल्याएकी । यमराजको अगाडी कसको पो जोड चल्छ र? सासले उसको साथ छोडीसक्यो भन्ने थाहा हुनासाथ यो चलायमान संसार एकछिन अडियो । गृहका हरेक प्राणी पुनः निर्जीव भए ...। थाहा त थियो उसले छोडेर जादैछे तर यर्थाथमा जब सुनिन्छ त्यतिखेर मन जति नै बलियो भएपनि काम्न थाल्दोरहेछ । सबतिरको निस्तब्धताले मानौ पुरै संसारलाई क्वाप्प निलेको थियो । त्यसबखत मेरा नयनले मेरो भाव बुझेँ झै आफूबाट आँशुलाई नअलग्याउन सक्षम भए, अनि िकंमकर्तव्यविमूढ भई टोलाइरहे । जब अलिकति होस आए झै भयो गृहका अरुहरुलाई थप्थपाउदा थप्थपाउदै यी हातहरु अनि यो गला कहिले थाके थाहा नै पाइन । अनि कतिखेर घर फर्किएछु त्यो पनि होसै भएन ।
लगभग सत्तरी हजार एचआइभी पोजेटिभहरुमध्येबाट एउटी यो संसारबाट विदा भई खाउँखाउँ लाउँलाउँ हुने उमेर मै। शायद ठीकै भयो ऊ यस सांसारिक दुःखबाट मुक्त भई । त्यो त एकदिन सबैले जानु नै पर्छ, मात्र कुरा हो ढिलो र चाँडोको । तर जति दिन जीवित थिई के मानव भएर बाँच्न पाई? के आफ्नो अनुभूतिहरुमध्ये खुशी र हासो सन्तोष र आनन्दसग ऊ परिचित हुन सकी? के उसको यी कुराहरुमा कुनै हक थिएन? के सम्मानपूर्वक जिवनयापन गर्न उसले पाउनु पर्दैन थियो? के ऊ नै दोषी थिई यी सबै परिस्थितिको लागि ? के एचआइभी पोजिटिभ मानव होइनन् ? घर परिवार समाजमा एउटा मानवले पाउनुपर्ने हक अधिकार को प्राप्ति के उसका लागि थिएनन् ? यस्ता थुप्रै प्रश्नहरुले मेरो सामुन्ने ओइरन्छन् । एक अट्को सास रहदासम्म पनि 'दिदी म बाँच्न चाहन्छु' भन्ने शब्द मेरा कानमा हरदम गुन्जिरहन्छन् । मलाई उकुसमुस हुन्छ ... कहाली लाग्छ... आफ्नो निरीहपन देख्दा आफैसँग रिस उठ्छ ।
अचानक एक न्यानो हावाको झोक्काले मेरा रुदारुदै निदाएका नयन अनि थाकेका हातहरुमा छोएर जान्छ । शीतलहरीपछिको एक अनौठो अनुभवले घेरिएको पाउँछु आफूलाई । हठात् आएको भेल शान्त भएको घमाइलो बिहानीका किरणहरुले लाग्छ मलाई नै बिउँझाउने काम गरीरहेछन् । यतै कतैबाट सुमधुर स्वरको आभास हुन्छ । फेरी देख्छु उही सविताको अनुहार । मलाई भन्छ 'दिदी उठ्नुस्, हेर्नुस् बिहान भइसक्यो, सूर्यले नयाँ बिहानी ल्याएको छ । एउटी सविता गएकी हो, तपाईले यस्ता थुप्रै सविताहरु देख्नुहुन्छ । मेरै अवस्थामा पुग्न तयार भएका पनि भेट्नुहुन्छ । यहाँ चारैतिर सविताहरु छन् जताततै । दिदी यो संसारमा अर्की सविता नजन्मियोस्। फेरी यस्तै अर्को कथा नसुनियोस् । मेरो यो आखिरी इच्छा हो दिदी' । उसका प्रत्येक शब्द मेरो कोठामा ठोक्किदै हरेक कुनाबाट इको हुदै मेरो मष्तिस्कका हरेक कोषहरुलाई झंकार्दै बिलिन हुन्छ । मेरो मनमा अनेकन तरगले ज्वारभाटाको रुप लिदै केही अठोटका साथ एक निश्चित गति लिन आतुर भएको अनुभूति हुन्छ । जानेहरुलाई श्रद्धान्जलिका साथ बिदा गर्दै आउने दिनको तयारी गरी अघि बढ्नु छ; जसरी भएपनि, जस्तो परिस्थितिमा पनि, जुन अवस्थामा पनि । यस्तो विभित्स अवस्था अब कसैको जीवनमा नघटोस् । जीवन जीवन होस् भन्नाका लागि पनि फेरी आश बाँकी राखी पाइला चाल्नु छ निरन्तर ... यो संघर्षमय यात्रा कमसेकम अहिले त रोकिनु हुँदैन ... चलिरहनु नै पर्छ ... निरन्तर... अनवरत संघर्ष... ।

Sunday, June 14, 2009
एउटा नया यात्राको सुरुवात
ब्लग त खोलियो, एउटा उत्सुकता सहित । तर यो कहाँ र कसरी अगाडी बढ\छ केही थाहा छैन । एउटा नौलो यात्रा को सुरुवात! कुनै पनि नया कुरा गर्दा हुने जस्तो उत्सुकता, जिज्ञासा, व्यग्रता हुन्छ, त्यस्तै अनुभूति भईरहेको छ । यसको स्वरूपबारे पनि केही टुंगो छैन। साचै भन्नु पर्दा यो एउटा प्रयाश हुनेछ -आफुलाई अझै नियाल्ने . आफूभित्रका, आफ्नो वरिपरीका, आफ्नो रुचीका कुराहरुलाई शब्दमा व्यक्त गर्ने एउटा कोशिश हुनेछ । यस अर्थमा यो एउटा आफै भित्रको यात्रा हुनसक्छ - अंतर्मनको यात्रा।.
ब्लग खोल्ने क्रम मै यसो यता उता हेरियो। दिनमा दुइ पटक लेख्दा राम्रो हुने कुरा पनि पढियो । यो त मेरो लागि के सम्भव होला र खोइ ! महिनामा एक पटक लेख्न सके भने पनि ठुलो कुरा... हेर्दै जाउ यो यात्रा कसरी अगाडी बढ\नेछ । :)

Subscribe to:
Posts (Atom)